समाज


दिलीप हत्या प्रकरणः मुचुल्काविनै शव उठाउने ढल्केबरका इन्स्पेक्टर जिल्ला तानिए

दिलीप हत्या प्रकरणः मुचुल्काविनै शव उठाउने ढल्केबरका इन्स्पेक्टर जिल्ला तानिए

शैलेन्द्र महतो
पुस २७, २०७६ आइतबार ८:४७,

इलाका प्रहरी कार्यालय, ढल्केबर धनुषाका प्रमुख प्रहरी निरीक्षक रामकुमार यादव जिल्ला तानिएका छन्।

शुक्रबार बिहान अवैध उत्खननको विरोध गर्दा कुटपिटपछि टिपरले किचेर हत्या गरिएका जनकपुरको मिथिला नगरपालिकाका युवा दिलीपकुमार महतोको शव मुचुल्काविनै उठाएपछि विवादमा परेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषा तानिएको हो।

इन्स्पेक्टर यादव ठेकेदार र बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीनकुमार महतोसँग मिलेर मुचुल्काविनै शव उठाउने कार्य गरेको स्थानीयहरुले आरोप लगाएँदै आएका थिए।

त्यसपछि विवादित बनेका उनलाई आइतबार जिल्ला तानिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रमेश बस्नेतले भने विवादका कारण भन्दा पनि आन्तरिक कारणले जिल्ला ल्याइएको बताए। ‘विवादका कारण भन्दा पनि प्रहरी भित्रकै आन्तरिक कारणले उहाँलाई जिल्ला बोलाएका हौँ’, नेपालखबरसँग कुरा गर्दै एसपी बस्नेतले भने।

इन्स्पेक्टर यादव मोरङको विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीको प्रमुख हँदा पनि तस्करसँग ‘सेटिङ’ मिलाएर सीमावर्ती क्षेत्रमा तस्की चलाएको आरोपमा कारबाही भोगिसकेका व्यक्ति हुन्।

त्यहाँ रहँदा उनले तस्करहरुसँग मासिक रुपमा पैसा लिएर लागुऔषध ओसारपसारदेखि दैनिक उपभोग्यसामग्री समेत नेपाल ल्याउन र भारततर्फ लैजाने व्यवस्था मिलाएका थिए। उनी राजपा नेता राजकिशोर यादवका भाइ हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad