ad ad

समाज


कांग्रेस नेतृ जीवन राना बनिन् रानाथारू समुदायकी पहिलो पीएचडी होल्डर

कांग्रेस नेतृ जीवन राना बनिन् रानाथारू समुदायकी पहिलो पीएचडी होल्डर

नेपालखबर
जेठ १६, २०८० मंगलबार ११:४०, काठमाडौँ

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य जीवन रानाले विद्यावारिधी (पीएचडी) गरेकी छन्। उनी कैलाली–कञ्चनपुरका मूल आदिवासी रानाथारू समुदायबाट विद्यावारिधी गर्ने पहिलो महिला हुन्। 

सुदूरपश्चिमका तराईका जिल्लामा मात्रै बसोबास रहेको रानाथारू समुदायबाट अन्य कुनै पुरुषले पनि विद्यावारिधी गरेका छैनन्। 

कांग्रेस नेतृ रानाले संस्कृत विश्वविद्यालयबाट ‘सोसियो क्लचरल लाइफ अफ रानाथारू’ विषयमा आफूले विद्यावारिधी गरेको बताइन्। 

‘सोसियो क्लचरल लाइफ अफ रानाथारू विषयमा पीएचडी गरेकी हुँ,’ उनले नेपालखबरसँग भनिन्, ‘रानाथारू समुदायबाट पहिलो पीएचडी गर्ने पनि मै भएकी छु।’

दुई दशक लामो संघर्षपछि रानाथारू समुदायलाई २०७६ माघ २० गते तत्कालीन सरकारले अलग्गै आदिवासी जनजातिका रुपमा पहिचान दिएको थियो। 

२०५६ मा तत्कालीन सरकारले आदिवासी जनजाति सूचीकृत गर्दा आफूहरु छुटेको भन्दै रानाथारू समुदाय निरन्तर आन्दोलित थियो। 

कैलाली र कञ्चनपुरमा गरी कूल करीब साढे तीन लाख रानाथारूको बसोबास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .