ad ad

समाज


डा. खड्काको दाहसंस्कार विदेशबाट पति र छोरा आएपछि शुक्रबार

डा. खड्काको दाहसंस्कार विदेशबाट पति र छोरा आएपछि शुक्रबार

नेपालखबर
जेठ १७, २०८० बुधबार १२:११, काठमाडौँ

कार दुर्घटनामा निधन भएकी डाक्टर सञ्जु खाती खड्काको अन्त्येष्टि आगामी शुक्रबार गरिने भएको छ। 

मृतक डा. खड्का प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काकी श्रीमती हुन् भने उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारी हुन्। 

डा. सञ्जु सवार बा १३ च ८२५३ नम्बरको कार हिजो (मंगलबार) अपराह्न बाँकेमा मे १ ख ३३३५ नम्बरको बससँग ठोक्किँदा उनको निधन भएको हो। 

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा‍. खड्काको शव मंगलबार राति घर (सुर्खेत) लगिएको छ अब २ दिनपछि शुक्रबार उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। 

सञ्जुका श्रीमान् डाक्टर डम्बर खड्का हाल विश्व स्वास्थ्य संगठनको महासभामा सहभागी हुन जेनेभामा गएका छन्। उनी भोलि बिहीबार राति काठमाडौं आइपुग्ने बताइएको छ। यस्तै उनीहरुका दुई छोरामध्ये जेठो अध्ययनका लागि अमेरिकामा रहेको र उनी पर्सि शुक्रबार बिहान मात्र आउने भएकाले सञ्जुको दाहासंस्कार त्यही दिन गरिने भएको हो। 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोलीनजिकै मंगलबार अपराह्न साढे ४ बजे भएको दुर्घटनामा सञ्जुसहित कार चालक गोरखाको आँपपिपलका ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .