परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. श्रीप्रसाद अधिकारी नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा. अधिकारीलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
यसअघि अस्पतालका निर्देशकमा डा. पवनजंग रायमाझी थिए। डा. अधिकारीले अस्पतालको निर्देशकको पत्र बुझिसकेको बताए।
त्यस्तै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रिस्तरीय निर्णय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीलाई जिम्मेवारी दिएका छन्।
राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्टमा डा बद्री रिजाल नियुक्त भएका छन्।
जेठ १७, २०८०, बुधबार
111
Shares
प्रतिक्रिया