समाज


बस र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

बस र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

नेपालखबर
जेठ २०, २०८० शनिबार २२:०, काठमाडौँ

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरमा आज भएको सवारी दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएको छ। 

बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए।

दुर्घटनामा परी घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .