कारागारमा रहेको थुनुवालाई छुटाइदिन्छु भनि रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्च तामाङ रहेका छन्।
वैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाइदिन्छु भनि पटक पटक गरी ४ लाख रूपैयाँ लिई ठगी गरी फरार रहेका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
जेठ २५, २०८०, बिहीबार
60
Shares
प्रतिक्रिया