समाज


मनसुनको प्रभाव : दैनिक हुन थाल्यो वर्षा, आज कहाँकहाँ पानी पर्छ?

मध्य तथा पश्चिम तराईमा भने अत्यधिक गर्मी यथावत्
मनसुनको प्रभाव : दैनिक हुन थाल्यो वर्षा, आज कहाँकहाँ पानी पर्छ?

मनसुन प्रवेश गरेको पहिलो दिन बुधबार काठमाडौंमा परेको पानी। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ ३२, २०८० बिहिबार ६:५०, काठमाडौँ

मनसुन (वर्षा गराउने मौसमी प्रणाली) प्रवेश गरेयता देशमा मौसम बदली (बादल लाग्ने) र वर्षा हुने क्रम बढेको छ। मनसुन प्रवेश गरेको पहिलो दिन बुधबार नै देशका विभिन्न स्थानमा वर्षा भएको छ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहीबार बिहान) पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। 

यस्तै दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र देशका बाँकी पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश प्रदेशसहित देशका बाँकी पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। 

मध्य तथा पश्चिम तराईमा भने अत्यधिक गर्मी यथावत्
देशभरका पहाडी भेगसँगै कोशी प्रदेशको तराई र मधेश प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वर्षा सुरु भइसक्दा मध्य तथा पश्चिम तराईमा भने गर्मी यथावत् छ।

खासगरी लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईमा मौसम बदली र वर्षा हुन नसक्दा अत्यधिक गर्मी भइरहेको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .