मोडेल मल्टिपल कलेज जनकपुरको बसले माेटरसाइकललाई ठक्कर दिँदा धनुषामा दुई युवाको मृत्यु भएको छ।
मंगलबार दिउँसो जनकपुर ढल्केबर सडकखण्डको लक्ष्मीनिया र सपहीको बीचमा ढल्केबरबाट जनकपुरतर्फ गइरहेको ज१क २८२ नम्बरको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको ज१०प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको हो।
मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका ९ पर्सापकियाका २५ वर्षीय सन्तोस ठाकुर र साेही स्थानका २५ वर्षीय अनवर राई रहेका छन्। उनीहरु दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिएको कलेजको बसमा स्थानीय आक्रशित युवाहरु आगगजनी गरेका छन्। आजगनीबाट बस पूर्णरुपमा जलेर नष्ट भएको छ।


3
Shares

प्रतिक्रिया