स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना बालबालिकालाई मोबाइलको लतबाट जोगाउन अभिभावकलाई आग्रह गरेको छ।
मोबाइलको अधिक प्रयोगले बालबालिकाको स्वास्थ्य बिग्रिँदै सर्वाङ्गीण विकासमै असर पर्ने भएकाले उनीहरूलाई मोबाइलको लतमा पर्न नदिन मन्त्रालयले सुझाव दिएको हो।
‘मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुर्याउँछ’, स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।
मोबाइल धेरै चलाउँदा बालबालिका ढिलो निदाउने, निद्रा पातलो हुने र निद्राबाट पटकपटक ब्युँझने समस्या हुने मन्त्रालयले जनाएको छ।
‘मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिँदै जानसक्छ। रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्ने हुन सक्छन्’, मन्त्रालयले भनेको छ, ‘बच्चा ठूलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटोछिटो निल्ने पनि हुन सक्छन्।’
सुत्नुअघि मोबाइल चलाउँदो स्क्रिनको प्रकाशले निद्रा लाग्ने हर्मोन उत्पादनमा असर पार्ने मन्त्रालयले जनाएको छ। त्यस्तै मोबाइल देखाएर खाना खुवाउने नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
बालबालिकामा मोबाइलको लत लाग्नुमा अभिभावक नै जिम्मेवार रहेको पनि मन्त्रालयले उल्लेख गरेको छ।
‘बालबालिकाले आफैँ मोबाइल चलाउँदैनन्’, मन्त्रालयले भनेको छ, ‘अभिभावकले अत्यधिक मोबाइल प्रयोग गर्दा उनिहरूले पनि देखेर सिक्छन् र लत बस्छ।’
हेर्नुहोस् सूचना-
Shares
प्रतिक्रिया