समाज


१२ केजी ७ सय ग्राम चरेससहित विमानस्थलबाट तीनजना पक्राउ

१२ केजी ७ सय ग्राम चरेससहित विमानस्थलबाट तीनजना पक्राउ

फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०८० शुक्रबार ११:४०, काठमाडौँ

करिब १२ केजी ७ सय ग्राम चरेससहित थाइल्यान्ड जान तम्तयार तीनजनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ। 

बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरुको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामद भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ।

उक्त परिमाणको चरेससहित पक्राउ पर्नेहरुमा सबै नेपाली नागरिक रहेका छन्।

उनीहरुमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४० वर्षीय विराज पुन र बाग्लुङका ३८ वर्षीय तेजबहादुर पुन हुन्।

उनीहरुलाई अहिले हिरासतमा लिएर अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .