कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दाका एकजना फरार प्रतिबादी पक्राउ परेका छन्।
दोधाराचाँदनी नगरपालिका–१ पशुपति टोलका ३६ वर्षीय गुड्डु भनेर चिनिने दयाल सिँह बुढाक्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले २०७६ जेठ २८ गते बुढाक्षेत्रीलाई ८ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोक्ने फैसला गरेको थियो।
तर कैद भुक्तान र जरिवाना नतिरेरै बुढाक्षेत्री फरार भएका थिए। ४ वर्षपछि प्रहरीले घरमा लुकिछिपी बसेको अवस्थामा बुढाक्षेत्रीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि अदालतमा पेश गरेको छ।
30
Shares

प्रतिक्रिया