समाज


पाल्पाबाट हेलिकप्टरमा काठमाडौँ लगिएका दुर्घटनाका घाइते युवकको मृत्यु

पाल्पाबाट हेलिकप्टरमा काठमाडौँ लगिएका दुर्घटनाका घाइते युवकको मृत्यु

नेपालखबर
असोज ४, २०८० बिहिबार ५:२५, पाल्पा

पाल्पाको बागनासकालीमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ।

दुर्घटनामा बगनासकाली गाउँपालिका-७ खानीगाउँ निवासी २८ वर्षीय सुधन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

तानसेनबाट खानीगाउँतर्फ जाँदै गरेको लु५५ प ६८५६ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो विपरीत दिशाबाट आउँदै गरेको लु१ ज १७५९ नम्बरको जीपले चापपानी भन्ने ठाउँमा ठक्कर दिँदा भट्टराई गम्भीर घाइते भएका थिए।

उनलाई तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको ग्राण्डी हस्पिटल लगिएको थियो। 

उपचारकै क्रममा बुधबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि जिप चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .