वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै तीन लाख ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–२ स्थाई घर भई हाल काठमाडौंको सेतोपुल बस्ने वर्ष ३२ को धनबहादुर बोगटी रहेका छन्।
उनले कृष्ण बहादुर बोगटीलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भनी तीन लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
बोगटीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेतोपुलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।
78
Shares
प्रतिक्रिया