समाज


रोल्पाकी माओवादी नेतृ रीता घर्तीसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा

रोल्पाकी माओवादी नेतृ रीता घर्तीसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा

फाइल तस्बिर


नेपालखबर
असोज १७, २०८० बुधबार १४:५०, काठमाडौँ

रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रीता घर्तीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेश समिति सदस्यसमेत रहेकी रीतासहित गंगादेवका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवविरुद्ध पनि बुधबार भ्रष्टाचारको मुद्दा दायर भएको हो।

तत्कालीन उपाध्यक्ष घर्ती र निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवसहित १३ जनाले गैरकानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

गंगादेव गाउँपालिका-२ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो।

अख्तियारको अनुसन्धानबाट सोलार पम्पिङ खानेपानी निर्माण योजनाका लागि आर्थिक वर्ष २०७६/७७ मा गंगादेवबाट लागत अनुमान बनाएर रकम विनियोजन गरिएको थियो। 

उक्त आयोजनालाई उपभोक्ता समितिसँग सम्झौता गरेर कार्यान्वयनमा लैजाँदा वास्तविक भए गरेकोभन्दा बढी कार्य गरेको भनी गलत प्रतिवेदन दिई गलत नापी किताब तयार गरिएको अख्तियारले जनाएको छ।

गलत नापी किताब अनुसार झुटो बिल भरपाई तयार गरी, गर्न लगाई भए गरेकोभन्दा बढी भुक्तानी गर्न नमिल्ने ४ लाख ६६ हजार ४ सय ८८ रुपैयाँ ९८ पैसा दिएर हानीनोक्सानी पुर्‍याएको अख्तियारले जनाएको छ। 

गंगादेवका क-कसविरुद्ध पर्यो मुद्दा
तत्कालीन उपाध्यक्ष रीता घर्ती
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादव 
तत्कालीन योजना अधिकृत (सहायक पाँचौ) कृष्ण बहादुर घर्ती
तत्कालीन इन्जिनियर नविन डाँगी
तत्कालीन सव-इन्जिनियर रोशनी विष्ट
तत्कालीन खानेपानी तथा सरसफाई टेक्निसियन बलबहादुर बस्नेत
तत्कालीन उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी
तत्कालीन सचिव खडकबहादुर डाँगी
तत्कालीन कोषाध्यक्ष चन्द्रकुमारी डाँगी
तत्कालीन वडाध्यक्ष भूपाल दमाई
तत्कालीन वडा सदस्य टिका विक
तत्कालीन वडा सदस्य गनबहादुर भण्डारी
तत्कालीन वडा सचिव कुलबहादुर योगी

मुद्दाको फाइल

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .