इन्डियन एक्सप्रेसका अनुसार निलेश रक्षयाल नाम गरेका एक व्यक्तिले देशविरुद्धको अभियान चलाएको भन्दै मुद्दा लगाएका थिए।
कर्नाटकका कक्षा चारमा पढ्ने विद्यार्थीहरुले देशको वर्तमान अवस्थालाई चित्रण गर्ने खालको नाटक मञ्चन गरेका थिए। विद्यालयका प्रबन्धक र विद्यार्थीहरुविरुद्ध धारा १२४ ए र ५०४ अन्तर्गत मुद्दा दर्ता भएको बताइएको छ।
हालै भारतले एक विवादस्पद कानुन ल्याएको छ। उक्त कानुन मुसलमान विरोधी भएको भनेर प्रदर्शन भइरहेको छ भने अर्कातिर भारतका स्थानीयले अवैध आप्रवासीलाई भारतले नागरिकता दिएर आफूहरुलाई चेपुवामा पारेको बताइरहेका छन्। एजेन्सी

प्रतिक्रिया