समाज


धनुषामा मोटरसाइकल र बोलेरो ठोक्किँदा श्रीमान्–श्रीमतीको मृत्यु, छोरा घाइते

धनुषामा मोटरसाइकल र बोलेरो ठोक्किँदा श्रीमान्–श्रीमतीको मृत्यु, छोरा घाइते

शैलेन्द्र महतो
माघ १५, २०७६ बुधबार ८:२२,

धनुषामा बोलेरो र मोटरसाइकल ठोकिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ गोदारमा बुधबार दिउँसो पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स १ च १८५८ नम्बरको बोलेरो र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका ६ बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीया प्रमिला साहको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकमै सवार साहका ९ वर्षीय छोरा जोन साह समान्य घाइते भएको छ।

श्रीमान श्रीमती दुवैको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा ल्याइएको र ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी नायव उरीक्षक कार्कीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad