समाज


चीनमा कोरोनाको संक्रमण बढेपछि रसुवागढी र तातोपानी नाकाबाट पर्यटक प्रवेशमा रोक

चीनमा कोरोनाको संक्रमण बढेपछि रसुवागढी र तातोपानी नाकाबाट पर्यटक प्रवेशमा रोक

नेपालखबर
माघ १५, २०७६ बुधबार १०:३०,

सरकारले रसुवाको रुसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट हुने पर्यटक आवागमनमा रोक लगाएको छ।

सरकारले चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि पर्यटकको आवागमनमा १५ दिनका लागि रोक लगाएको हो।

गृह मन्त्रालयका प्रवक्ता केदारप्रसाद शर्माले तीन कारणले १५ दिनका लागि आवागमनमा रोक लगाएको बताए।

उनले चीनतर्फ ल्होसार चाडको विदा भएको, कोरोना भाइरसको संक्रमण र बाटोको मर्मतका कारण आवागमनमा रोक लगाएको बताए।

‘उता (चीनतर्फ) ल्होसार चाडको बिदा छ, यही अवसर पारेर उनीहरुले बाटोको मर्मत थालेका छन्’, नेपालखबरसँग कुरा गर्दै प्रवक्ता शर्माले भने, ‘कोरोना भाइरसको संक्रमण पनि रोक लगाउनुको अर्को कारण हो।’ उनले दुई देशबीचको परामर्शमै‌ आवातजावत रोक्ने सहमति भएको बताए।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले तीव्र गतिमा विश्वभर फैलिरहेको छ। कोराना भाइरसकै कारण अहिलेसम्म चीनमा मात्रै १३२ भन्दा बढीको मृत्यु भइसकेको छ भने ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad