कला


‘बले’की निरमाया बनिन् कविता (भिडियो)

‘बले’की निरमाया बनिन् कविता (भिडियो)

नेपालखबर
माघ १५, २०७६ बुधबार १०:३३,

‘निरमाया’ बोलको गीतको सफलता पछि सोही टिमले ‘निरमाया २’ बोलको गीत सार्वजनिक गरेको छ। बुधबार ‘डश म्युजिक नेपाल’ नामक युट्युब च्यानलमार्फत् उक्त गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा ‘निरमाया’का गायक समीर मोक्तानकै आवाज रहेको छ। डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माईल’ले संगीत भरेका छन्। उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा मनिषा पोखरेलले पनि आवाज दिएकी छिन्।

शान थापाको निर्देशनमा बनेको भिडियोमा सागर लम्साल ‘बले’ र कविता नेपाली फिचर भएका छन् । सागर हाँस्य टेलिसिरियल सक्किगोनीमा ‘बले’को भूमिकाबाट सबैमाझ चिनिएका छन् भने कविता बुगीवुगी सिजन १ की विजेता हुन्।

राजिव समरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्। भिडियो सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन्। ‘निरमाया’ सफलताका कारण ‘निरमाया २’लाई पनि दर्शकरश्रोताले माया गरिदिने कुरामा निर्माण पक्ष ढुक्क देखिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad