समाज


तनहुँको म्याग्देमा दश शय्याको अस्पताल

तनहुँको म्याग्देमा दश शय्याको अस्पताल

नेपालखबर
कात्तिक ४, २०८० शनिबार १९:४२, तनहुँ

जिल्लाको म्याग्दे गाउँपालिका–४ मनहरीमा म्याग्दे गाउँपालिकाले दश शय्याको सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ।

उक्त पालिकाले रु छ करोड ५० लाखको लागतमा साढे दुईतले भवन निर्माण गरेको हो। अस्पतालमा मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ। पालिकाका अनुसार निकट भविष्यमा अस्पतालबाट सेवा प्रवाह हुनेछ।

यसैबीच, जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयको प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको छ। म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माण गरिएको उक्त भवनको ८० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .