समाज


जाजरकोट भूकम्पः रुकुमपश्चिको आठबीसकोटमा १० जनाको मृत्यु

जाजरकोट भूकम्पः रुकुमपश्चिको आठबीसकोटमा १० जनाको मृत्यु

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १:२८, सुर्खेत

जाजरकोट केन्द्रबन्दिु भएर गएको भूकम्पबाट रुकुमपश्चिमा १० जनाको मृत्यु भएको छ।

रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १२ का तीन जना र वडा नम्बर ११ का सात जनाको मृत्यु भएको आठबीसकोट नगरपालिकाकी उप–प्रमुख धनकुमारी शाहीले नेपालखबरलाई जानकारी दिइन्।

उप–प्रमुख शाहीले भनिन्, ‘उहाँहरुको पहिचान खुलेको छैन। अहिलेसम्म वडा नम्बर १२ मा तीन जना र ११ नम्बर वडामा ७ जनाको मृत्यु भएको छ। अन्य घाइतेहरुको उद्धारकार्य जारी छ। घाइतेहरुलाई नेपाल र ता स्थानीयको सहयोगमा उद्धार गरेर आठबीसकोट नगरपालिका ९ मा रहेको नगर अस्पतालमा उपचार भइरहेको छ।’

रातिको समय भएकाले विवरण संकलन गरी उद्धार र राहतका काम गर्न समस्या भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

जाजरकोटमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन् । क्षतिको विवरण र सूचना संकलन भइरहेको छ । कतिपय स्थानमा टेलिफोन टावरले काम नगर्दा सूचनामै समस्या भइरहेको छ।

कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री वेदराज सिंहले जाजरकोटमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएको बताएका छन् । क्षतिको विवरण र सूचना संकलन भइरहेको र कतिपय स्थानमा टेलिफोन टावरले काम नगर्दा सूचनामै समस्या भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .