समाज


भूकम्प अपडेट : रुकुमपश्चिमा ३६ जनाको मृत्यु, ८५ भन्दा धेरै घाइते

भूकम्प अपडेट : रुकुमपश्चिमा ३६ जनाको मृत्यु, ८५ भन्दा धेरै घाइते

दिनेश बुढा
कात्तिक १८, २०८० शनिबार ७:१, सुर्खेत

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ३६ जनाको मृत्यु भएको छ। ८५ जना भन्दा बढी घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिका अनुसार जिल्लामा भूकम्पको कारण अहिलेसम्म ३६ जनाको मृत्यु भएको रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार ८५ जना भन्दा बढी घाइते भएका छन्। 

प्रहरीका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन्। 

भूकम्पले कारणले घर र गोठहरु भत्किएका छन् भने पहिरो जाँदा सडकहरु पनि अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा घाइतेको उद्धारमा समेत कठिनाइ उत्पन्न भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .