समाज


यी अस्पतालमा भइरहेको छ जाजरकोट भूकम्पका ११० घाइतेको उपचार

यी अस्पतालमा भइरहेको छ जाजरकोट भूकम्पका ११० घाइतेको उपचार

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १८:३२, काठमाडौँ

जाजरकोटको बारिकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

जाजरकोट, रुकुम पश्चिम, दैलेख र सल्यानका घाइतेहरूलाई नेपालगन्ज, सुर्खेत, काठमाडौं, दाङ लगायतका अस्पतालमा उपचार भइरहेको हो। 

गृह मन्त्रालयका अनुसार कुल २५६ घाइतेमध्ये १४६ जना डिस्चार्ज भइसकेका छन्। अहिले ११० जना घाइतेको उपचार भइरहेको छ। 

जसमध्ये जाजरकोटका ६० जना घाइते अस्पतालमा छन्। तीमध्ये नेपालगन्जस्थित भेरी अस्पतालमा २६, मेडिकल कलेज कोहलपुर नेपालगन्जमा २, प्रदेश अस्पताल सुर्खेतमा १८ र सम्बन्धित जिल्ला लगायत मातहतमा १४ जनाको उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ। 

त्यस्तै, रुकुम पश्चिममा ४५ जना घाइतेको उपचार जारी छ। तीमध्ये भेरी अस्पतालमा नेपालगन्जमा १३, प्रदेश अस्पताल सुर्खेत १४, टिचिङ अस्पताल काठमाडौंमा ८ र जिल्ला माहतमा १० जनाको उपचार भइरहेको छ। 

दैलेखका १ र सल्यानका २ जना घाइतेको पनि अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ। जसमध्ये दैलेखका घाइतेको प्रदेश अस्पताल सुर्खेतमा र सल्यानका दुई जना घाइतेको सिटी अस्पताल तुल्सिपुर दाङमा उपचार भइरहेको गृहले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .