ad ad

समाज


सहिद प्रहरीका परिवारको तिहारलक्षित फूलखेती, १५ लाख आम्दानी हुने अनुमान (तस्बिर)

सहिद प्रहरीका परिवारको तिहारलक्षित फूलखेती, १५ लाख आम्दानी हुने अनुमान (तस्बिर)

दिनेश बुढा
कात्तिक २३, २०८० बिहिबार १४:३, सुर्खेत

सुर्खेतका सहिद प्रहरीका परिवारले गरेको फूलखेती बजारमा पठाउन थालिएको छ। तिहारलाई लक्षित गरी उनीहरूले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५, चिसापानी, कर्णाली प्रदेश प्रहरी गणको बाँझो जग्गामा फूलखेती गरेका हुन्।

नेपाल प्रहरी श्रीमती संघ, कर्णालीको सहयोग तथा कर्णाली प्रदेश प्रहरीको सहजीकरणमा १५ सहिद प्रहरीका परिवारले फूलखेती गरेका हुन्।

कर्णाली प्रदेश प्रहरी गण, सुर्खेतको झण्डै २२ कठ्ठा क्षेत्रफलमा फूलखेती गरिएको हो।

सयपत्री तथा मखमली फूलखेतीका लागि नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशले तीन लाख पाँच हजार नगद अनुदान सहयोग गरेको थियो।

उक्त फूलखेती कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले आवश्यक सहयोग तथा सहजीकरण गर्नुका साथै सहिद प्रहरी परिवारका आश्रित १५ परिवारलाई फूलखेती सञ्चालनका लागि चाहिने सीप तथा ज्ञान सामूिहक रूपमा प्रदान गरेको थियो।

सीप तथा ज्ञानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले स्थानीय कृषि शाखासँग समन्वय गरी पाँच दिनको सैद्धान्तिक तथा व्यावहारिक तालिम सञ्चालन गरेको थियो।

सहिद प्रहरी परिवारको सक्रिय सहभागिता र परिश्रमले उक्त फूलखेतीबाट १५ लाख आम्दानी हुने अनुमान गरिएको छ।

फूलखेतीबाट भएको सबै आम्दानी १५ जना सहिद प्रहरी परिवारले नै उपभोग गर्नेछन्।

यो आम्दानीले सहिद परिवारहरूको जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षा रहेको नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयको बाँझो जग्गामा सहिद प्रहरीका परिवारले गरेको परिश्रम उनीहरूले नै उपभोग गर्न पाउने गरी व्यवस्था मिलाइएको हो।

खेतीबाट उत्पादित फूलहरू बिहीबारबाट बजारमा पठाउन थालिसकिएको छ।

सहिद प्रहरीका परिवारलाई लक्षित गरी नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशले विभिन्न समयमा कल्याणकारी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको संघले जनाएको छ।

सोही अनुरुप संस्थाले सुर्खेत जिल्लामा रहेका सहिद तथा अशक्त प्रहरी परिवारका आश्रित सदस्यहरूको सीप तथा क्षमता अभिवृद्धिका साथै आर्थिकस्थिति वृद्धि गर्ने उद्देश्यले फूलखेती गरिएको जनाएको छ।

तस्बिरमा हेर्नुस् सहिद प्रहरीका परिवारले गरेको फूलखेती-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .