नक्कली नोटसहित काठमाडौंबाट १ जना र पर्साबाट २ जना गरी ३ जना पक्राउ परेका छन्।
उनीहरूमध्ये काठमाडौं महानगरपालिका–९ पिङगलास्थानबाट १ हजार दरको ४ थान नक्कलीजस्तो देखिने नोटसहित काठमाडौं महानगरपालिका जडिबुटी बस्ने धनुषा घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो।
ती किशोरले नक्कली नोट बोकी हिँडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी पर्सा वीरगंज महानगरपालिका–८ घण्टाघरबाट १ हजार दरको ३८ थान नक्कली जस्तो देखिने नोटसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका(३ बस्ने २५ वर्षीय उमेश कुमार पटेल र वीरगंज महानगरपालिका(३१ कोनिया बस्ने २३ वर्षीय रिसि पटेल रहेका छन्।
घण्टाघरस्थित सिटी मार्केटको कपडा पसलमा कपडा किन्दा उमेशले नक्कली रूपैयाँ दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।
उनीहरूले प्रयोग गरेको प्र.२–०३–००१ प ८९० नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
Shares

प्रतिक्रिया