ad ad

समाज


बल्खु चोकमा तनाव, थप १० गाडी प्रहरी तैनाथ

बल्खु चोकमा तनाव, थप १० गाडी प्रहरी तैनाथ

सागर न्यौपाने
मंसिर ७, २०८० बिहिबार १२:११, काठमाडौँ

दुई पक्षबीच झडप सुरु भएपछि काठमाडौँको बल्खु चोकमा प्रहरीको संख्या बढाइएको छ।

केही बेरअघि मात्र बल्खुमा १० गाडी थप प्रहरी पुगेका छन्। 

दुर्गा प्रसाईं समूहको लागि प्रदर्शन स्थल तोकिएको बल्खुमा एमाले निकट युवा संघका कार्यकर्ता पुगेपछि दुई समूहबीच झडप भएकाे हाे।

अहिले बल्खु एरिया प्रहरीको नियन्त्रणमा छ। 

काठमाडौँका विभिन्न क्षेत्रमा आज प्रसाईं र युवा संघको छुट्टाछुट्टै प्रदर्शन भइरहेको छ। युवा संघको भने तीनकुनेमा प्रदर्शनका लागि प्रशासनले ठाउँ तोकेकाे छ। 

भिडिओमा हेर्नुहोस् बल्खुचोकको अवस्थाः

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .