ad ad

समाज


तनावग्रस्त बन्यो बल्खु, प्रसाईं पक्षले ढुंगामुढा गरेपछि भएको थियो झडप (भिडिओ)

मोटरसाइकल र्‍यालीसहित पुगेको थियो युवा संघको टोली
तनावग्रस्त बन्यो बल्खु, प्रसाईं पक्षले ढुंगामुढा गरेपछि भएको थियो झडप (भिडिओ)

सागर न्यौपाने
मंसिर ७, २०८० बिहिबार १२:३९, काठमाडौँ

काठमाडौंको बल्खु क्षेत्र तनावग्रस्त बनेको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नेकपा एमालेको भ्रातृ संगठन युवा संघबीच ढुंगामुढा भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले यी दुवै पक्षको प्रदर्शनका लागि छुट्टाछुट्टै ठाउँ तोकेको थियो। प्रसाईं पक्षका समर्थकलाई प्रदर्शनका लागि बल्खु चोकमा स्थान तोकिएको छ भने युवा संघका लागि तीनकुनेमा तोकिएको छ। 

बल्खुमा युवा संघको टोली पुगेपछि दुई पक्षबीच झडप भएको हो। कलंकीतर्फबाट मोटरसाइकल र्‍यालीसहित बल्खु पुगेको उक्त टोलीमाथि प्रसाईं पक्षका समर्थकले ढुंगामुढा गरेसँग अवस्था तनावग्रस्त बनेको थियो। 

प्रहरीले स्कटिङ गरिरहेको अवस्थामा बल्खु चोकमा पुगेसँगै प्रसाई पक्षका समर्थकहरूले युवा संघको र्‍यालीतिर ढुंगा प्रहार गर्‍यो। 

युवा संघले पनि त्यसको प्रतिकार गर्न खोज्दा झडपको स्थिति आएको हो। त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो। 

स्थिति नियन्त्रणमा लिन २० मिनेट समय लागेको थियो। अहिले त्यहाँ सशस्त्र र नेपाल प्रहरीको बाक्लो तैनाथी छ। 

झडपको अवस्था सिर्जना भएपछि १० वटा गाडीमा प्रहरी भर्खरै सो क्षेत्रमा तैनाथ भएको हो।

प्रहरी पुगेसँगै अहिले प्रसाईं पक्षका समर्थकहरू तितरवितर भएका छन्। 

उता, प्रदर्शनरत युवा संघको अन्य टोली भने तीनकुनेमा छ। संगठनका ईन्चार्ज समेत रहेका महेश बस्नेतको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरू पार्टी कार्यालय च्यासल हुँदै कार्यक्रमस्थल तीनकुने पुगेको हो।

प्रसाईं पक्षका विभिन्न आठ ठाउँबाट सो बल्खुमा र्‍यालीसहित प्रदर्शनकारीहरू पुग्ने क्रम जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .