समाज


गौशालाको प्रदर्शनमा घाइते भएकालाई उपचारका लागि अस्पताल लगियो

गौशालाको प्रदर्शनमा घाइते भएकालाई उपचारका लागि अस्पताल लगियो

सरोज बैजु
मंसिर ११, २०८० सोमबार १६:१६, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले गरेको प्रदर्शनमा घाइते भएकाहरूलाई अस्पताल लगिएको छ। 

काठमाडौँको गौशालामा प्रसाईंका समर्थकले सोमबार प्रदर्शन गरेको थियो। प्रदर्शनमा केहीबेर अवस्था तनावग्रस्त बनेपछि प्रहरीसँग मुठभेड समेत भएको थियो। 

सो मुठभेडमा परी घाइते भएका प्रदर्शकारीहरूलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलज लगिएको हो।

सोही प्रदर्शनमा सहभागी भएका आचार्य श्रीनिवाससहित १० जनालाई प्रहरीले पक्राउ परेका छन्। 

उनीहरूलाई पक्राउ गरेर प्रहरीले अहिले गौशाला प्रहरी वृत्तमा राखेको छ। काठमाडौं प्रहरी प्रमुख भूपेन्द्र खत्रीका अनुसार प्रदर्शनमा अन्य ५ जना प्रहरी समेत घाइते भएका छन्।

स्थिति नियन्त्रणमा लिनका लागि सो क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .