यस्तै कोरोनाबाट चीनबाहिर पहिलो व्यक्तिको मृत्यु भएको छ। फिलिपिन्समा ४४ वर्षका चिनियाँ नागरिकको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
यसअघि थाइल्याण्डका नागरिकको चीनबाहिर पहिलोपटक मृत्यु भएको हल्ला चलेपनि त्यो सत्य नभएको जनाइएको छ।
कोरोनाको संक्रमण आइतबारसम्म १४ हजार ३ सय जनामा देखिएको छ। चीनममा मात्र १४ हजारबढी संक्रमित छन्।
चीनबाहेक अन्य २६ राष्ट्रमा कोरोनाको संक्रमण फैलिएको छ। चीनबाहिर एक व्यक्तिको मृत्यु हुनुको साथै १६९ जनामा यसको संक्रमण देखिएको छ।
विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारीलाई मध्नजर गर्दै सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेका छ।
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलन सुरु भएको यस भाइरस विश्वभर फैलन सुरु भएपछि चीनबाट आफ्ना देशका नागरिकलाई फिर्ता गर्न विभिन्न देशले पहल कदमी सुरुवात गरेका छन्।
अमेरिका र अस्ट्रेलियाले चिनियाँ नागरिकलाई तत्कालका लागि आफ्नो देशमा आउन प्रतिबन्ध लगाएको छ। यस्तै हालै चीन भ्रमण गरेको विदेशी नागरिकलाई पनि उनीहरुले भिसा नदिने बताएका छन्।

यो पनि।

प्रतिक्रिया