समाज


वन कार्यालयको गाडीले सिटी सफारीलाई ठक्कर दिँदा महिलाको मृत्यु

वन कार्यालयको गाडीले सिटी सफारीलाई ठक्कर दिँदा महिलाको मृत्यु

नेपालखबर
साउन ४, २०८३ सोमबार २१:३, काठमाडौँ

झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोरपियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

आज बिहान मेचीनगर–१५ कालिकास्थित भित्री सडकखण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेशको प्र ०१–००२ झ ७३६० नम्बरको स्कोरपियो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा सिटी सफारीमा सवार एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

दुर्घटनामा मेचीनगर-१५ निवासी ४० वर्षीया आरती उराउ गम्भीर घाइते भएका थिए। निजलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए। 

दुर्घटनापछि स्कोरपियो चालक भद्रपुर नगरपालिका–१० निवासी ५४ वर्षीय लीला श्रेष्ठ र सिटी सफारी चालक मेचीनगर–६ निवासी ४५ वर्षीय गम्भीरप्रसाद बातरलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad