समाज


विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यले लिए शपथ

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यले लिए शपथ

नेपालखबर
मंसिर १८, २०८० सोमबार १३:५३, काठमाडौँ

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाँचै जनालाई सपथ गराएका हुन्।

मंसिर ५ गते न्यायपरिषद बैठकले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर तथा सदस्यहरूमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापालाई तोक्न मन्त्रिपरिषद्लाई परामर्श दिएको थियो। 

उनीहरू सबै उच्च अदालतका न्यायाधीश हुन्।

विशेष अदालतमा उच्च अदालतका न्यायाधीशहरूबाट अध्यक्ष तथा सदस्य तोक्ने चलन छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad