समाज


यी हुन् रुसी सेनामा ज्यान गुमाएका ६ नेपाली (नामावलीसहित)

यी हुन् रुसी सेनामा ज्यान गुमाएका ६ नेपाली (नामावलीसहित)

नेपालखबर
मंसिर १८, २०८० सोमबार १७:२८, काठमाडौँ

सरकारले रुसी सेनामा कार्यरत हुँदा ज्यान गुमाएका नेपालीहरूको विवरण सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मृतकको शव नेपाल पठाउन रुसी सरकारसँग अनुरोध गरिएको बताएको छ। 

मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा सन्दीप थपलिया–गोरखा, रुपक कार्की, वाणगंगा–१, कपिलवस्तु, दुवान राई–कास्की, पितम कार्की– पुलतीबजारद्द५ स्याङ्जा, राजकुमार रोका, मेलुङ–६ दोलखा, गंगाराज मोक्तान, इलाम–५, इलाम रहेको जनाइएको छ। 

नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ। 

रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .