ad ad

समाज


नेपालमा दर्ता हुन टिकटकले पठायो इमेल

नेपालमा दर्ता हुन टिकटकले पठायो इमेल

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १७:२२, काठमाडौँ

टिकटकले नेपालमा दर्ता हुनका लागि इमेल पठाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जालको रुपमा दर्ता हुन टिकटकले इमेल गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले टिकटकले नेपालमा दर्ता गर्ने आसय राखी इमेल पठाएको बताए। 

‘टिकटकले एउटा इमेल पठाएको छ। नेपाल सरकारले त्यसलाई प्रतिबन्ध लगाएकाले तत्काल अगाडी बढाउँदैन,’ सुवेदीले भने, ‘सामाजिक सञ्जाल नियमन गर्ने कानुनको मस्यौदा बनिरहेकाले कानुन बनेपछि खुल्न सक्छ।’

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटक नियमन गर्दै खोल्न सकिने बताएका थिए। सामाजिक सञ्जाल सम्बन्धी निर्देशिकाले नेपालमा ३ महिनाभित्र दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .