ad ad

समाज


नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

नेपालखबर
मंसिर १९, २०८० मंगलबार २०:२५, काठमाडौँ

नेपाली युवकलाई रुसी सेनामा पठाउने गिरोहका १२ जना पक्राउ परेका छन्।

उनीहरूमध्ये ११ जना मंसीर १४ गते र एक जना सोमबार (१८ गते) पक्राउ परेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले नेपालखबरलाई बताए।

उनीहरुविरुद्ध प्रहरीले अनुसन्धानका लागि म्याद थपसमेत गरिसकेको छ।

एसपी ढुंगेलका अनुसार मंसीर १३ गते दिपेन परियार, क्षितिज गिरी, शुभास लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष रोका र सन्तोष नेपाल पक्राउ परेका थिए भने हिजो (सोमबार) द्रोण डाँगी पक्राउ परेका हुन्।

युक्रेनसँग जारी युद्ध लड्न रसियन सेनामा भर्ती भएका ६ जना नेपालीले ज्यान गुमाइसकेका छन् भने एक नेपाली बन्धक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रले हालै सार्वजनिक गरेको सूचीअनुसार गोरखाका सन्दीप थपलिया, पुतलीबजार–५, स्याङ्जाका पितम कार्की, मेला–६, दोलखाका राजकुमार रोका, इलाम–५, इलामका गंगाराज मोक्तान, वाणगंगा–१, कपिलवस्तुका रूपक कार्की र पोखरा, कास्कीका देवान राई रुस–युक्रेन युद्धका क्रममा मारिएका हुन्।

सरकारले रुसलाई कूटनीतिक नोट पठाउँदै नेपाली नागरिकलाई सेनामा भर्ना नगर्न र भर्ती भइसकेकालाई पनि तत्काल नेपाल पठाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .