ad ad

समाज


हमासले बन्धक बनाएका विपिन जोशीका बाबुआमालाई प्रधानमन्त्रीले भेटे (तस्बिर)

हमासले बन्धक बनाएका विपिन जोशीका बाबुआमालाई प्रधानमन्त्रीले भेटे (तस्बिर)

तस्बिरहरू : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
मंसिर २२, २०८० शुक्रबार ११:५०, कैलाली

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा बन्धक बनाइएका विद्यार्थी विपिन जोशीका बुवाआमासँग कैलालीमा भेट गरेका छन्। 

हमास र इजरायलबीच युद्धका क्रममा हमासले नियन्त्रणमा राखेको विपिनको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन। 

यसैबीच आज प्रधानमन्त्री प्रचण्डले कैलालीस्थित विमानस्थलमा विपिनका बाबुआमासँग भेट गरेका हुन्। 

गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा इजरायलीसहित विभिन्न देशका २४० नागरिकलाई बन्धक बनाएर गाजा लगेको बताइएको छ। जसमा नेपालका विपिन जोशी पनि रहेको भनिएको छ।

हमासको आक्रमणमा इजरायलमा १० नेपालीसहित १ हजार २ सय जना मारिएका थिए।

त्यसयता हमासविरुद्ध इजरायलले गाजामा निरन्तर बमबारी गरिरहेको थियो। जसमा परी अहिलेसम्म १३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघले इजरायललाई निरन्तर दबाब दिएपछि बीचमा ७ दिन युद्धविराम गरिए पनि फेरि बमबारी सुरु भइसकेको छ। 

युद्धविरामका अवधिमा हमासले केही बन्धक छाडे पनि विपिन जोशी रिहा हुन सकेनन्।

प्रधानमन्त्रीले शुक्रबार विपिनका बाबुआमालाई भेटेका थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .