ad ad

खेल


एसीसी यू–१९ एसिया कप : नेपालको दोस्रो विकेट पतन

एसीसी यू–१९ एसिया कप : नेपालको दोस्रो विकेट पतन

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १२:१, काठमाडौँ

यूएईमा जारी एसीसी यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ। 

आकाश त्रिपाठीले ६ रन बनाउँदा उबैद शाहको बलमा एलबीडब्लु धरापमा परे। अहिले क्रिजमा कप्तान देव खनाल आएका छन्। 

दुबइको आइसीसी एकेडेमी ओभल २ मा भइरहेकाे खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले आठौं ओभरको समाप्तीमा २ विकेट गुमाएर २५ रन बनाएर खेलिरहेको छ। 

ओपनर अुर्जन कुमाल ७ र  देव खनाल शुन्य रनमा नटआउट छन्। 

त्यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर तिलन भण्डारीलाई गुमाएको थियो। ७ रन बनाएका तिलक तेस्रो ओभरको दोस्रो बलमा अमिर हसनको बलमा सादवेगको हातबाट क्याच आउट हुन पुगे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .