समाज


भारतबाट ल्याउँदै गरेका ३८७ थान मोवाइल बरामद

भारतबाट ल्याउँदै गरेका ३८७ थान मोवाइल बरामद

नेपालखबर
पुस १८, २०८० बुधबार १३:१६, राैतहट

भारतबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको आठ लाख रुपैयाँ भन्दा धेरै मूल्यको मोवाइल सेट प्रहरीले रौतहटबाट बरामद गरेको छ। 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चपुर गौर सडकखण्डमा पर्ने चन्द्रपुर-५ तल्लोबजारबाट तीन सय ८७ थान मोबाइल बरमामद गरेको हो। 

बरामद मोबाइलको बजार मूल्य आठ लाख १८ हजार ९०६ कायम गरी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बसको डिकमा ३ ओटा बोराभित्र राखेर ल्याउँदै गरेको अवस्थामा ती मोवाइल बरामद भएका हुन्। 

कागजपत्र बिनाका ती मोवाइल दाबी गर्न कोही नआएपछि प्रहरीले भन्सार कार्यालयमा बुझाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .