विशेष अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाई दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।
अख्तियारले सुरेन्द्र खड्का, जीवन आचार्य, भीमबहादुर कुँवर, हिमालयजीवी उपाध्याय र काशीराम शर्माविरुद्ध घटी राजश्व निर्धारण गरी भ्रष्टाचार गरेको आरोपमा चुहावट भएको १७ लाख ४० हजार ६६ रुपैयाँ राजश्वको दोब्बर जरिवाना हुन मागदावी लिइ विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
तर, विशेष अदालतले प्रतिवादीहरुलाई सफाई दिने निर्णय गरेकोमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।
आयोगको निर्णय अनुसार पुस १८ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगले जनाएको छ।
60
Shares

प्रतिक्रिया