समाज


तनहुँ दुर्घटना : एक घाइतेको मृत्यु, सनाखत हुँन बाँकी

तनहुँ दुर्घटना : एक घाइतेको मृत्यु, सनाखत हुँन बाँकी

घटनास्थल


नेपालखबर
पुस २५, २०८० बुधबार १२:३८, काठमाडौँ

तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनाका एक जना घाइतेको मृत्यु भएको छ। 

पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको जिप आज बिहान दुर्घटना हुँदा १२ जना घाइते भएका थिए। घाइतेमध्ये एक जनाको मृत्यु भएको हो। 

एक घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। 

मृतकको पहिचान खुल्न बाँकी छ।

ग १ ज ६३५६ नम्बरको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना भएको हो। 

चालकसहित घाइते १२ जनाको उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको थियो। थप उपचारका लागि तीनजना घाइतेलाई पोखरा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .