समाज


रामबहादुर बम्जनलाई जहाजबाट जनकपुर हुँदै सर्लाही लगिँदै

रामबहादुर बम्जनलाई जहाजबाट जनकपुर हुँदै सर्लाही लगिँदै

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस २५, २०८० बुधबार १४:३९, काठमाडौँ

मंगलबार राति काठमाडौंको हात्तीगौंडाबाट पक्राउ परेका रामबहादुर बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जहाजबाट जनकपुर हुँदै सर्लाही लैजाने भएको छ। 

सीआईबीले पत्रकारहरूमाझ सार्वजनिक गर्दै अब उनीविरुद्धको मुद्दा जिल्ला अदालत सर्लाहीमा अघि बढ्ने जनाएको छ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बम्जनलाई बुधबार नै जहाजमार्फत जनकपुर पुर्‍याएर त्यहाँबाट गाडीमा सर्लाही लगिने बताए।

२०७१ साउनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा आनीका रूपमा रहेकी एकजनालाई बलात्कार गरेको आरोप बम्जनमाथि लागेको छ।

तिनै पीडितको जाहेरीका आधारमा चलेको मुद्दा अहिले जिल्ला अदालत सर्लाहीमा विचाराधीन छ। त्यही मुद्दाका प्रतिवादी उनीविरुद्ध अब सर्लाहीमा अनुसन्धान अघि बढ्नेछ।

आनीसँग यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दा बम्जनमाथि छ।

बाराको निजगढ नगरपालिका, वडा नं १२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। त्यसयता उनी निरन्तर फरार थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .