ad ad

समाज


इनारमा खसेकी युवतीलाई निकाल्न सेना, सशस्त्र र नेपाल प्रहरीको टोली

डोरीको प्रयोगबाट नसकिएपछि विकल्प खोजिँदै
इनारमा खसेकी युवतीलाई निकाल्न सेना, सशस्त्र र नेपाल प्रहरीको टोली

नेपालखबर
माघ १, २०८० सोमबार १२:२२, काठमाडौँ

ललितपुरको इमाडोलमा सोमबार बिहान इनारमा खसेकी महिलाको उद्धार भइरहेको छ। 

दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान इनारमा खसेकी हुन्। उनलाई उद्धारका लागि अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ। 

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले उनलाई इनारबाट उद्धार प्रयास गरिरहेको छ। 
डोरी दिएर निकाल्न खोजिँदा नसकिएपछि अर्को विधि अपनाइएको छ। 

उनी लुगा सुकाउने क्रममा इनारमाथि चढेकी थिइन्। तर इनारलाई छोपेको स्ल्याब फुटेपछि उनी इनारभित्र खसेकी थिइन्। 

उद्धारका लागि सातदोबाटो प्रहरी बृत्तका डीएसपी उमेश जोशीसहितको टोली जुटेको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .