ad ad

समाज


अध्यागमनका नासुको कमाइ अस्वभाविक, विशेष अदालतमा मुद्दा

अध्यागमनका नासुको कमाइ अस्वभाविक, विशेष अदालतमा मुद्दा

नेपालखबर
असार १५, २०७६ आइतबार १२:२५,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरेकाे आराेपमा नायब सुब्बा ललितकुमार झा र उनकी श्रीमती सुचितादेवी झाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।

 झा दम्पतीले पदीय मर्यादाविपरीत काम गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी उच्च जीपनयापन गरेको भन्दै आयोगले आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत रहँदा झाले अस्वभाविक र गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ।

२०४० सालमा मुखिया पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका झा पदोन्नति हुँदै हाल ईलाका प्रशासन कार्यालय बर्दिवास, महोत्तरीमा नायब सुब्बामा कार्यरत रहेको छन्।

सेवा प्रवेशदेखि २०७६ जेठ मसान्तसम्मको सम्पत्ती विवरण हेर्दा उनले तलब¸ भत्ता¸ कर्जा¸ शेयर बिक्री¸ जग्गा बिक्री लगायतबाट २ करोड २८ लाख ६४ हजार २०८ आर्जन गरेको देखिनए पनि उनीसँग जग्गा खरिद¸ घर निर्माण¸ सवारी साधन खरिद¸ शेयर खरिद¸ छोराछोरीहरुको शिक्षामा लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात रकम हेर्दा ३ करोड ८५ लाख ४३ हजार २३४ लगानी गरेको देखिन आएको छ।

वैध सम्पत्तिभन्दा १ करोड ५६ लाख ७९ हजार २६ रुपैयाँ बढी देखिन आएको र झाले त्यसको स्रोत पुष्टि गर्न नसकेपछि गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै भ्रष्टचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

झा दम्पत्तिविरुद्ध १ करोड ५६ लाख ७९ हजार २६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ (ग)¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ (ख) बमोजिम जफत गरिपाऊ भनि अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .