समाज


‘पीडितले म सुरक्षित छु भनी साथीलाई पठाएको म्यासेज घटना हुनुपूर्वकै’

‘पीडितले म सुरक्षित छु भनी साथीलाई पठाएको म्यासेज घटना हुनुपूर्वकै’

नेपालखबर
माघ १६, २०८० मंगलबार २२:११, काठमाडौँ

काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद हुने फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस १३ गते दोषी ठहर गर्दै सन्दीपविरुद्ध पुस २५ गते सजाय निर्धारण गरेको थियो। जसअनुसार ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना तोकिएको छ। साथै पीडितलाई जरिवाना बराबरको ३ लाख र सन्दीपबाट थप २ लाख भराउने गरी ५ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएको छ।

अदालतले सो फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक गरेको हो। 

जसमा प्रतिवादीका वकिलले सफाइका लागि गरेका विभिन्न जिकिरको जवाफ पनि दिइएको छ।

प्रतिवादी पक्षका अधिवक्ताले गरेका विभिन्न जिकिरमध्ये ‘पीडितले आफ्नो साथीलाई साथीको घरमा छोडिसक्यो म सुरक्षित छु भनेको कुराबाट करणी भएको भन्ने देखिँदैन’ भन्ने पनि छ। 

जसको जवाफमा अदालतले उक्त म्यासेज घटना हुनुभन्दा पहिले पठाएको र त्यस आधारमा पछि भएको घटनालाई प्रमाणित वा खण्डन गर्न नसकिने ठहर गरेको छ। 

फैसलामा भनिएको छ, ‘सो सम्बन्धमा हेर्दा पीडिततले आफ्नो साथीलाई आफ्नो घरमा छोडिसक्यो भन्ने म्यासेज घटना हुनुपूर्व नै लेखेको पाइन्छ। घटना हुनुभन्दा पहिले लेखिएको म्यासेजबाट पछि भनिएको घटनालाई प्रमाणित वा खण्डन गर्ने अवस्था हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad