थाइल्यान्डमा २६ जनाको गोली हानी हत्या गर्ने एक सैनिकलाई सुरक्षाकर्मीहरुले मारिदिएका छन्।
सैनिक र प्रहरीले ३२ वर्षीय जाक्रापन्थ थम्मालाई आइतबार बिहान गोली हानी मारिएको बताएका छन्। थम्मालाई रोक्ने प्रयासमा एक सुरक्षाकर्मी मारिएको जनाइएको छ।
प्रधानमन्त्री प्रयुथ चान ओचाले २६ जना मारिएको र ५७ जना घाइते भएको बताएका छन्।
स्थानीय समयअनुसार शनिबार दिउँसो ३ बजे जक्रापन्थले एक घरमा गोली चलाएका थिए। त्यसपछि उनी सैनिक क्याम्पमा गएका थिए। त्यसपछि उनी एक मलमा पुगेका थिए।
ती व्यक्तिले गोली चलाएर नरसंहार गर्नुको कारण अझै पुष्टि भइसकेको छैन। आफ्नो अफिसरसँग उनको झगडा परेको बताइएको छ।
गोली चलाउनुअघि नै उनले आफू बदलामा उत्रिएको बताएका थिए। तर, के को बदला भन्ने खुलाएका थिएनन्। एजेन्सी

प्रतिक्रिया