ad ad

समाज


काठमाडौंको आलोकनगरमा चल्यो महानगरको डोजर (तस्बिरहरू)

काठमाडौंको आलोकनगरमा चल्यो महानगरको डोजर (तस्बिरहरू)

तस्बिर : सरोज बैजु


सरोज बैजु
माघ २१, २०८० आइतबार १७:१०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको टोलीले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा आइतबार डोजर चलाएको छ।

काठमाडौँ महानगरपालिका-३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका संरचनामाथि डोजर चलाइएको हो।

वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन सुरु गरिएको महानगर प्रहरीले जनाएको छ।

नगर प्रहरीका अनुसार आइतबार १४ वटा टहरा भत्काइरहेको छ। 

अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका भान्साका सामान, फर्निचर लगायत हटाएर डोजर चलाइएको हो।

महानगरले डोजर चलाएपछि अस्थायी टहरा बनाएर बसेकाहरू अलपत्र परेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .