समाज


कर्तव्य ज्यान घटनामा फरार अभियुक्त ९ वर्षपछि पक्राउ

कर्तव्य ज्यान घटनामा फरार अभियुक्त ९ वर्षपछि पक्राउ

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १७:३५, काठमाडौँ

नौ वर्षअघि काठमाडौंमा भएको एक हत्या घटनाका आरोपी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा म्याग्दीको कुहु गाविस–५ का ४७ वर्षीय समर बहादुर सार्की रहेका छन्।

मिति २०७१ कात्तिक १ गते काठमाडौंको सेतिदेवी गाविस –६ तौथली कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दीको कुहु गाविस ५ स्थायी वतन भएकी वर्ष २३ की सुनमाया किसान (सार्की) को हत्या भएको थियो।

सुनमायालाई कर्तव्य गरी फरार रहेका समर बहादुरलाई आज (वैशाख १६ गते) काठमाडौ चान्लाखेल एरियाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उनीमाथि आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त किर्तिपुर पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .