समाज


सरस्वती पूजाका केही झलक (तस्बिर)

सरस्वती पूजाका केही झलक (तस्बिर)

सरस्वती पूजाका क्रममा बुधबार बिहान सरस्वती माता बनेकी भक्तपुरको कौशलटारस्थित जनप्रेमी वर्ल्ड स्कुलकी एक बालिका।


सरोज नेपाल
फागुन २, २०८० बुधबार ९:५४, भक्तपुर

आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। 

विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ।  

यसै क्रममा भक्तपुरको कौशलटारस्थित जनप्रेमी वर्ल्ड स्कुलमा सरस्वती पूजा यसरी मनाइँदै छ। 

हेर्नुहोस् तस्बिर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .