समाज


सीतापाइला घटना : चारैजनाको शव पोस्टमार्टम गर्न शिक्षण अस्पताल लगियो

सीतापाइला घटना : चारैजनाको शव पोस्टमार्टम गर्न शिक्षण अस्पताल लगियो

घटनास्थलमा जम्मा भएका स्थानीय। तस्बिर : सरोज नेपाल


सरोज नेपाल
फागुन ९, २०८० बुधबार १४:४८, काठमाडौँ

काठमाडौँको सीतापाइलामा ज्यान गुमाएका चारैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लिएको छ।

सीतापाइलामा डेरा गरेर बस्ने राजु घिमिरे भनिने काजी विकले ज्यान लिएका तीनजनाको शव भर्खरै शिक्षण अस्पताल लगिएको हो।

पत्नी, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका काजीको पनि शव रुखबाट निकालेर यसअघि नै शिक्षण पठाइएको छ। 

उपत्यकाका विभिन्न प्रहरी इकाइको टोलीले अनुसन्धान सकेपछि शवलाई अस्पताल पठाएका हुन्। 

सोलुखुम्बुको दूधकोसी गाउँपालिका घर भई नागार्जुन नगरपालिका- ६ सीतापाइलास्थित भैरबटोलमा डेरा गरी बस्दै आएका बिकले आफन्तको ज्यान लिएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ। 

५१ वर्षीय बिकको शव सीतापाइलास्थित डेराभन्दा माथि डाँडाको रुखमा झुण्डिएको अवस्थामा बुधबार दिउँसो फेला परेको थियो। 

प्रहरीका अनुसार सीतापाइलामा डेरा गरी बस्दै आएकी ३९ वर्षीया प्रेमकुमारी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा र २ वर्षीया नातिनी (छोराकी छोरी) शिवानी श्रेष्ठको बिहानै कोठामा फेला परेको थियो।

ती महिलाका पति राजु घिमिरे भनिने काजी बिकको पनि शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो। घटनास्थलबाट प्रहरीले हम्मर र कैँची बरामद गरेको छ। 

हत्याको कारण पारिवारिक झगडा भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि प्रहरी टोली विकको डेरामा जुटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .