समाज


तेल किन्न साँझ कोठाबाट निस्केका व्यक्तिको शंकास्पद मृत्यु

तेल किन्न साँझ कोठाबाट निस्केका व्यक्तिको शंकास्पद मृत्यु

नेपालखबर
फागुन ११, २०८० शुक्रबार १६:७, काठमाडौँ

भक्तपुरमा तेल किन्न साँझ कोठाबाट निस्केका व्यक्तिको हत्या भएको छ।

प्रहरीका अनुसार तेह्रथुम छथर गाउँपालिका वडा नं २ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने वर्ष ३३ को गोपालप्रसाद ढकाल कोठाबाट फागुन ११ गते साँझ तेल किन्न बाहिर निस्केका थिए।

उनी कोठामा नफर्केपछि अर्कोदिन फागुन १० गते प्रहरी वृत्त जगातीमा परिवारले खोजतलासका लागि हुलिया सहितको निवेदन दिएका थिए।

उनको खोजतलास गर्ने क्रममा ११ गते सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित वडा कार्यालय नजिकै रोशन बस्नेतको कच्ची ईट्टा, माटोले बनेको दुई तल्ले गोठको भुँई तल्लामा रक्‍ताम्मे अवस्थामा फेला परेको थियो।

परालले छोपेको अवस्थामा शव भेटिएको भन्ने जानकारी प्राप्त हुनसाथ तत्काल घटनास्थलमा प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई हेर्दा हराएका ढकालको शरीरको विभिन्न भागमा चोटपटकसहित मृत्यु भएको प्रहरीले जनाएको छ।

थप अनुसन्धानका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नेपाल प्रहरी केनाईन कार्यालय महाराजगन्जबाट कुकुरसहितको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .