समाज


लुटपाट, चोरी र ठगी आरोपमा १२ जना पक्राउ

लुटपाट, चोरी र ठगी आरोपमा १२ जना पक्राउ

नेपालखबर
फागुन १३, २०८० आइतबार १९:३९, काठमाडौँ

काठमाडौं उपत्यकामा लुटपाट, चोरी तथा ठगी गर्ने विभिन्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतवार पत्रकार सम्मेलन गर्दै माघ २५ गते काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. १ झोरमा १ करोड ५२ लाख रुपैयाँ बराबरको धनमाल डकैत गर्न संलग्न ६ जना व्यक्तिहरुलाई पक्राउ गरेको जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले माघ २५ गते काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. १ झोरमा रसुवा गोसाइकुण्ड गाउँपालिका वडा नं. १ बस्ने वर्ष २५ को कार्साङ लामा र सिन्धुपाल्चोक घर भएका कुसाङ लामाको साथबाट नगद २५ हजार रुपैयाँ, सुनको १८ तोला तौल भएको बुटिल ३ जोर, बहुमूल्य सिमला मुगा माला जडित सुनको घवा, आइफोन १२ र उनीहरुले चढिआएको ४२८३ नम्बरको मोटरसाइकल गरी अन्दाजी १ करोड ५२ लाख बराबरको धनमाल डाका गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको बताए।

पक्राउ पर्नेमा लुटपाटमा संलग्न सोनाम थापा र टाँसी तामाङ रहेका छन्। त्यस्तै लुटेर ल्याइएको सुन किन्नेहरु अनन्तराज घिमिरे, आमोल बालुफुके, देवासी सावन्त र कार्तिक पाइका रहेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट नगद १९ लाख ५० हजार रुपैयाँ, सुन २९५.३ ग्राम सुन, ५ थान मोवाइल र ३ थान मोटरसाइकल बरामद गरिएको उनले बताए।

त्यसैगरी, फागुन ६ गते ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोल बासुकी टोलस्थित मनिष डाँगीको घरमा ४५ लाख बराबरको धनमाल चोरी गर्ने ३ जना व्यक्तिलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा अनुप तामाङ, रविन तामाङ र राजन श्रेष्ठ रहेका छन्।

उनीहरुको साथबाट नगद १ हजार ९९६ रुपैयाँ विभिन्न देशका नोटहरु ५१ थान र विभिन्न प्रकारका गरगहना पनि बरामद भएको छ।

त्यस्तै डलर देखाइ ठगी गर्ने गिरोहका ३ जनालाई पनि पक्राउ गरिउको छ। पक्राउ पर्नेमा रामबहादुर तामाङ, विवि तामाङ र शंकर योगी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .