समाज


‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ सार्वजनिक

‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ सार्वजनिक

नेपालखबर
फागुन २१, २०८० सोमबार १७:४३, काठमाडौँ

एक्काइसौँ शताब्दीको पहिलो साढे दुुई दशकका विशेषताहरु चित्रण गरिएकोे ‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुुस्तक सार्वजनिक भएको छ। आइतबार नयाँ बानेश्वरस्थित उमोजा कफीमा एक समारोहबीच पुुस्तक सार्वजनिक गरिएको हो।

वर्तमान समयमा डेटामा आधारित कर्पोरेट र सरकारी निगरानीबाट छुट्कारा पाउन आम मानिसले संघर्ष गरिरहेका छन्। स्वतन्त्रता र निगरानीबीच आम मानिसले गरिरहेको त्यही संघर्ष देखाउने किताब हो ‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता’।

किताबमा युुभल नोह हरारी, अरुन्धती रोय, बाराक ओबामा, एलिस इभान्स, धीरेन्द्र के झा, यानिस भारुफाकिस, दीपा सीतारमण, इमिली ग्लेजर, देवाशिष रोय चौधरी, मन्सुर हेक्मत र पल म्यासनका लेखहरु समेटिएका छन्। पछिल्लो समयमा छापिएका यी ११ लेखकका लेखहरु रोहेज खतिवडाले नेपाली भाषामा अनुवाद गरेका हुन्।

प्रविधिमा आधारित जायन्ट टेक कम्पनीको एकाधिकार र त्यसको संरक्षणका लागि उदाइरहेको फासीवादी सत्ताको गठजोडसँग आम मानिसको कस्तो संघर्ष हुन्छ भन्ने विषयहरु पुस्तकमा रहेको अनुवादक खतिवडाले बताए।

पुस्तक सार्वजनिक कार्यक्रममा कथाकुुथुुङ्ग्री समूहले किताब वाचन र अनुवादकसँग संवाद गरेको थियो। नीलाले क्यालिग्राफी गरेका थिए। र, द एरोइज ब्यान्डले सांगीतिक प्रस्तुति दिएको थियो।

पुस्तक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूूसाल, लेखक नारायण वाग्लेलगायतको उपस्थिति रहेको थियो।

पुस्तकलाई इन्डिगो इनक प्रालिले बजारमा ल्याएको हो। यसको मूल्य ४४९ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .